खेलकुद

चन्द्रनिगाहपुरमा उपमेयर कप राष्ट्रिय महिला कराते प्रतियोगिता हुने

karate

१८ मंसिर, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन् । प्रतियोगिताका देशका बिभिन्न १२ नगरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिकको गरी २०० खेलाडीको सहभागिता रहने अध्यक्ष अशोक पहाडीले बताए ।

खेलमा महिला २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ किलो तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने टिम काता र एकल काताका खेल हुने जनाइएकोे छ । प्रतियोगिता आउँदो मंसिर २८, २९ र ३० गते चन्द्रनिगाहपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस