समाचार

स्वर सम्राट नारायण गोपालको ३०औं स्मृति दिवस मनाइँदै

narayan gopal

१९ मंसिर, काठमाडौं । स्वर सम्राट नारायण गोपालको आज ३०औं स्मृति दिवस विभिन्न कार्याक्रम गरी मनाइँदैछ ।

१९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो। उनै लोकप्रिय गायकको सम्झनामा आज भर्चुचल कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।

विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् ।

उनले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस