समाचार

भक्तपुर-रत्नपार्क चल्ने माइक्रोमा पाकेट मार्ने दुई पक्राउ

paket mar

१९ मंसिर, काठमाडौं । भक्तपुरबाट रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय विकास राजवंशी र सिन्धुपाल्चोकका २७ वर्षीय सन्तोष लामा छन् ।

महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि (सई) प्रकाश बगालेको कमाण्ड टोलीले उनीहरुको साथबाट पकेट मारेको ५० हजार नगद बरामद गरेको छ । गठ्ठाघर बस्ने यमनाथ पौडेलले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेपछि प्रहरीले पाकेटमार विरुद्ध अपरेशन चलाएको थियो ।

पक्राउ परेकामध्ये सिन्धुपाल्चोक घर भएका २७ वर्षीय सन्तोष लामा यसअघि पनि चोरी मुद्धामा जेल बसेर निस्केको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् । महानगरीय प्रहरी परिसर भक्तपुरले उनीहरुमाथी चोरी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस