बैँक / वित्त

नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई तीन लाख हस्तान्तरण

nb bank donation

१९ मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३२ सुविधानगर स्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

बिहीबार बैंकको कमलादीस्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरिएको हो ।

समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्रभित्र बाटो, ढल, खानेपानी, बिजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य गर्दै आएको छ । हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने समितिले जनाएको छ ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस