समाचार

पूर्व फ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपतिद्वारा समवेदना

Bidhya Bhandari

१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकामा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाउनुभएको शोकसन्देशमा पूर्वराष्ट्रपतिका शोकाकूल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा समवेदना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस