बैँक / वित्त

सिद्धार्थ बैंकद्वारा शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव

siddhartha bank

१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

मंसिर १९ मा बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी नौं अर्ब ७८ करोड, ७७ लाख ६७ हजार १३८मा १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड, ४५ लाख ३२ हजार ५७ बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस