समाचार

कपिलवस्तुमा घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

CIAA-Butwal

१९ मंसिर, रूपन्देही । कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरी सहायक हवल्दार ३५ हजार घूस रकमसहित पक्राउ परेका छन् ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एन्ड दुर्गा गेष्ट हाउसबाट रकमसहित पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस