
१९ मंसिर, काठमाडौं । संरक्षित तथा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङको खोटेह्याङ्ग गाउँपालिका-१ घर भई काठमाडौंको चावहिल बस्ने ३० वर्षीय मनोज मगर, सोहो ठाउँका ३० वर्षीय रवन बस्नेत र उदयपुरको रौतामाई गाउँपालिका-१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका नारायणटार बस्ने ३४ वर्षीय केशरबहादुर मगर रहेका छन् ।
उनीहरुलाई महाशाखाको टोलीले बिहीवार बिहान साँढे ११ बजे पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस