राजनीति

‘भारतीय गुप्तचर संस्थाका प्रमुखको भ्रमण अपारदर्शी छैन’

Pradeep Kumar Gyawali

२० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै परिणाम ल्याइसकेको भन्दै पुरानै कुरामा अड्किएर बस्नुको अर्थ नरहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले रअ प्रमुख सामन्त गोयलको भ्रमण अपारदर्शी नभएको पनि बताए ।

सत्तासीन नेकपा नेता भीम रावलले रअ प्रमुख गोयलको भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताबारे समितिमा प्रश्न उठाएका थिए। जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले गोयलले रअ प्रमुखका रूपमा नभई भारतका प्रधानमन्त्रीको दूतका रूपमा नेपाल भ्रमण गरेको पनि बताए । ‘नाकाबन्दीका बेला तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीले भारतको भ्रमण गरेको होइन र ? परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, ‘दुई देशका सरकारबीच औपचारिक संवाद नभइरहेका बेला कूटनीतिमा व्यापारिक, धार्मिक मान्छे प्रयोग हुने गरेको छैन र ?’

रअ प्रमुख गोयलको भ्रमणपछि भारतका तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेकाले थुप्रै परिणाम आइसकेको उल्लेख गर्दै ज्ञवालीले पुरानै कुरामा अड्केर बस्नुको अर्थ नरहेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र भएको पनि बताए । विपक्षी कांग्रेसका प्रकाशमान सिंहले चीनसँगको सीमा विवाद संवेदनशील भएको भन्दै प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताए । ०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी विभागको हवाला दिएर चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले दाबी गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस