समाचार

शनिबारको मौसम: पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

clear weather

२० मंसिर, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ । अहिले देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ ।  भने, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, शनिबार राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । भने, प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस