समाचार

स्रोत नखुलेको २४ लाख रुपैयां र मोटरसाईलसहित १ पक्राउ

gupta

२० मंसिर, काठमाडौं । शुक्रबार रुपन्देहीमा स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । रुपन्दहेीको सम्मरीमाई गाउँपालिका–६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

मोटरसाईकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको बोराको झोला र निजको शरिर समेतको खान तलासी गर्दा ५ सय र १ हजारका बिटा बनाई राखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा निजले रकमको आय श्रोत खुलाउन नसकेकोलेले प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।

प्रहरीले गुप्ताले चढीकोे मोटर साईकल सहित आवश्यक कारवाहीको लागी बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाईएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस