समाचार

जंगलमा खुकुरी देखाएर सुनको गहना लुट्ने पक्राउ

dil bahadur gharti

२० मंसिर, दाङ । जंगलमा हिँडिरहेका दम्पत्तीलाई खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने एक युवा पक्राउ परेका छन् ।

घोराही उप-महानगरपालिका वडा नं‍ ३ का ३८ वर्षीय विनोदकुमार चौधरी र उनकी पत्नी मेनुका चौधरीलाई जंगलको बाटो भएर हिँडिरहेको समयमा खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने घोराही १३ ज्यामिरे बस्ने २८ वर्षीय दिलबहादुर घर्ती पक्राउ परेका हुन् ।

घटनामा संलग्न भनिएका सोही ठाउँका गोले चौधरी भने फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ परेका घर्ती र चौधरीले सुनको सिक्री २ थान, मोबाइल ४ थान र १० हजार रुपैयाँ लुटेर भागेका थिए ।

सुनको गरगहना लुटेको खबर पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएलगत्तै व्यापक प्रहरी परिचालन गरेर उनीहरुको खोजी गर्ने क्रममा घर्ती पक्राउ परेको डीएसपी खड्काले बताए । घर्तीको साथबाट सुनका सिक्रीहरु र १ थान मोबाइल बरामद भएको छ ।

घटनामा संलग्न गोले चौधरी फरार रहेकाले खोजीकार्य भइरहेको खड्काले बताए । पक्राउ परेका घर्तीविरुद्ध डाँका चोरी कसुर शीर्षकमा मुद्दा दायर गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस