सूचना प्रविधि

टिकटक अब तीन मिनेटसम्म बनाउन दिन सक्ने !

Tiktok

२० मंसिर, काठमाडौं । भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने भएको छ । यो अहिले प्रारम्भिक पहुँचको चरणमै रहेको छ ।

यसको लागी एपलाई अपडेट पनि गर्नुपर्छ । अहिले सम्म टिकटकमा एक मिनेट सम्मको भिडियो मात्रै बनाएर हाल्न मिल्छ । यसले प्रयोगकर्ताहरुलाई अझै बढि कन्टेन्ट ल्याउनका लागी प्रोत्साहित गर्नेछ ।

यसमा फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ । युट्यूब पनि पहिले यस्तै अवस्था थियो । पहिले युट्यूबमा दश मिनेट भन्दा बढिको भिडियो हाल्न मिल्दैन थियो । यो नयाँ फिचरले अझै प्रयोगकर्ताहरुलाई टिकटक प्रति आर्कषित गर्ने अनुमान गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस