
२० मंसिर, पोखरा । कास्कीको पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१२ का ८० वर्षीय पुरुष, पोखरा–११ की ७२ वर्षीया महिला र पोखरा–१७ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरा–१२ का ८० वर्षीय पुरुष र पोखरा १७ का ५७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो भने पोखरा–११ की ७२ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस