समाचार

सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

covid 19

२० मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ५२ जनामा संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २७, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ९ र कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा ३७ गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म १ लाख २० हजार ५५४ स्वाबको नमुना जाँच गरिएकोमा ११ हजार ६३६ मा कोरोना संक्रमण फेला परेको उनले बताए ।

यसैबीच सुदूरपश्चिममा थप १ जना कोरोना संक्रमित पुरुषको मुत्यु भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस