समाचार

आगलागीबाट साढे सात लाख क्षति

aaglagi

२० मंसिर, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ ।

ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु सात लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस