समाचार

मंसिर २२ गतेदेखि कटहरियाक सबै सामुदायिक विद्यालय खुल्ने

School

२० मंसिर, रौतहट । रौतहटको कटहरिया नगर क्षेत्र अन्तर्गतको सबै सामुदायिक विद्यालय अगामी २२ गतेदेखि संचालन हुने भएका छन् । शुक्रबार बसेको नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी सोमबारदेखि नगरपालिका अन्तर्गतको सबै बिधालय संचालन हुन लागेका हुन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम मास्कको अनिवार्य प्रयोग, समाजिक दुरीसहित स्वास्थ सुरक्षा अपनाएर बिधालय संचालन गरिने नगर शिक्षा संयोजक अनिल कुमार निधिले जानकारी दिए ।

कोभिड १९ को कारण बन्दरहेका जिल्लाको १८ स्थानीय तहका बिधालय मध्ये कटहरियासँगै १७ तहको संचालन भैसकेको छ ।

हालसम्म एक स्थानीय तह बृन्दाबन नगरपालिका अन्तर्गतको सामुदायिक विद्यालयहरु मात्र संचालनमा आउन नसकेको जिल्ला शिक्षा समन्वय ईकायी प्रमुख रामबिनय सिंहले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस