विश्व/प्रवास

अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला, नासाले सेयर गर्‍यो तस्बिर

radish harvest kate rubins

२१ मंसिर, काठमाडौं । वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।

नासाले ट्वीटरमा यसबारे जानकारी दिएको छ । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ । नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन ।

स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ । यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक छ ।

radish harvest kate rubins 1 radish harvest kate rubins 2 radish harvest kate rubins 3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस