
२१ मंसिर, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको छ । अहिले प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानहरुमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू-भागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।