समाचार

विदेशमा कोरोनाबाट नेपालीको मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो

covid 19

२१ मंसिर, काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो ।

यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको  नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म  विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा  ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस