समाचार

बुटवलमा तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाए, तस्कर समूहकै एकजना घाइते

gun

२१ मंसिर, काठमाडौं । बुटवलमा प्रहरीको पेस्तोल खोसेर खाग तस्करले गोली चलाएका छन् । खाग तस्करको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाएका थिए । प्रहरीलाई हानेको गोली आफ्नै साथीलाई लाग्दा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आइतबार बिहान बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली थियो । तस्करको गोली प्रहारबाट काठमाडौं उपमहानगरपालिका बसन्तपुरका राकेश न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए । उनको चिउडोमा गोली लागेको छ । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ ।

प्रहरीका अनुसार खाग तस्कर बसेको प्रारम्भीक सूचनाका आधारमा २ जना प्रहरी सादा पोसाकमा होटलमा पुगेका थिए । होटलमा सोधपुछपछि ४ जना बसेको कोठामा बाहिरबाट चुकुल लगाएको थियो । त्यसपछि ढोका फोरेर प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई प्रहार गर्न खोज्दा न्यौपानेको चीउडोमा गोली लागेको थियो ।

गोली हान्ने जाजरकोटको नायकवडा गाउँपालिका–४ का विरेन्द्रबहादुर सिंह फरार भएका छन् । अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको बारीकोट गाउँपालिका ४ का कर्णबहादुर राउत र सुर्खेतको लेकबेंसी नगरपालिकाका भक्तबहादर थापालाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस