अर्थनीति

आइतवार सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार !

today gold price

२१ मंसिर, काठमाडौं । हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो हप्ता सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य उतार-चढाव आएकाले नेपाली बजारमा पनि भाउ तलमाथि भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस