समाचार

सोलुखुम्बुमा मालपोत र नापीमा जनगुनासो

solukhumbu malpot

२१ मंसिर, सोलुखुम्बु । जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको गुनासो सेवाग्राहीले  गरेका छन् । सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको तिनको दुःखेसो छ ।

कार्यालयमा सबैभन्दा बढी नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ । गत असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएको र कागजात पूरा भए पनि अझैसम्म काम नभएको सेवाग्राही दावा तामाङले गुनासो गरे । महिनौ भए पनि सेवा नपाउँदा दुःख लागेको उनको भनाइ छ । प्रविधिको युगमा पनि नागरिकले सास्ती खेप्नु दुःखद भएको उनको भनाइ छ ।

नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको बताइएको छ । मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद कोइरालाले नामसारी बाहेकका काममा हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाइ छ । विगतको दिनमा एक दिनमा सकिने कामसमेत अहिले तीन दिनसम्म लाग्ने गरेको छिण्डि ल्हमु शेर्पाले बताए ।

यस्तै एक हप्ता अगाडि श्रीमान्को नामबाट जग्गा नामसारीको लागि कार्यालयमा निवेदन दिएको भए पनि अहिलेसम्म काम नभएको सेवाग्राही शारदा कटुवालले गुनासो गरे । हाल मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारी सम्बन्धी काम ठप्प बनेको छ ।

कार्यालयमा सेवा प्रवाह गर्ने ठाउँदेखि नागरिक बडापत्रमासमेत ध्यान नदिँदा समस्या भएको लेखापढी व्यवसायी कुञ्जाङ शेर्पाले बर्ताए । कोरोनाको कारण देखाउँदै सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश निशेध गरेपछि असहजिलो ढङ्गले सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही छिण्डिल्हमु शेर्पाले बताए ।

सेवाग्राहीको अत्याधिक गुनासोपछि नेपाल लेखापढी कानून व्यवसायी जिल्ला समिति सोलुखुम्बुले शुक्रबार अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको भए पनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङजाङबु शेर्पाले बताए । अध्यक्ष शेर्पाले मालपोत र नापी कार्यालयका कर्मचारीको व्यवहारले गर्दा सेवा ग्राहीले सास्ती खेप्नुपरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *