मनोरञ्जन ताजा समाचार

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को अडिसन सुरु

the voice of nepal

२१ मंसिर, काठमाडौं । ‘दि भ्वाइस अफ नेपाल’ सिजन–३ को अडिसन सुरु भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शोको डिजिटल मार्फत शनिबारबाट अडिसन सुरु भएको हो ।‘दि भ्वाइस अफ नेपाल’ को प्लेटमर्फ मार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाले अडिसनमा सहभागी हुन सक्नेछन् ।

१६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने अडिसनमा आफ्नुले गीत गाएको भिडियो पठाएर सहभागिता जनाउन सकिनेछ । अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौंमा भौतिक रुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।

दि भ्वाइस अफ नेपालमा सहभागीका लागि अफिसियल एप डाउनलोड गरि फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइल मार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागिताको प्रमाण स्वरुप आवेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको  खण्डमा विभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेज मार्फत् पनि अडिसनमा सहभागी हुन सकिने आयोजकले जनाएको छ । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले दि भ्वाइस अफ नेपालको उत्पादन टीमको फोनमा समेत सम्पर्क गर्न सक्ने भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस