समाचार

रुपन्देहीको मर्चवारमा नेपाली सेनाले बनायो हाटबजार

hat bazar

२१ मंसिर, रुपन्देही । रूपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार बनाइदिएको छ । नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रष्ट निर्माण गरेको हो ।

हाटबजार मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले  गाउँपालिकाका अध्यक्ष केशवानन्द वानियाँलाई ट्रष्टको तस्विर हस्तान्तरण गरे । सो अवसरमा बोल्दै बाहिनीपति सिलवालले जनतासंग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बताए । जनताहरू प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उनले बताए ।

नेपाली सेनाले मर्चवार क्षेत्र स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रम समेत गरिरहेको सहायक रथी सिलवालले बताए । उनले ट्रष्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट सहयोग पाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रष्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताए  उनले सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिविधिले नागरिक उत्साहित बताएको बताए ।

सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख लागतमा ट्रष्ट बनाएको हो । पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेको छ । सह–सेनानी मधुसुधन पोखरेलका अनुसार ट्रष्ट निर्माणमा ३५ जनाको फौजले दुई महिनासम्म काम गरेका थिए । सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले ट्रष्ट निर्माणमा सहयोग पुराएका व्यक्तिहरू लाई प्रशंसापत्रले सम्मान गरेका थिए । नौ वटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट शुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस