मनोरञ्जन ताजा समाचार

‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिइन् ज्योती मगर

jyoti magar

२१ मंसिर, काठमाडौं । गायिका ज्योती मगर हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिएकी छिन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहदै आएकी थिइन् । लोक गायिकाको रुपमा परिचय बनाएकी ज्योतीको भिडियो अभिनय र स्टोज पफमेन्सले उनलाई हट गायिकाको उपनाम दिइएको थियो ।

हट गायिकाको रुपमा चिनिएकी उनी आफ्नो छबि परिवर्तन गर्न शोमा सहभागी भएकी थिइन् । अन्तिम पाँचबाट बाहिरिएकी ज्यातीलाई धेरै दर्शकको विजेताको रुपमा पनि हेर्ने ईच्छा थियो । ज्योती बाहिरिएपछि अब यो शोको सेमिफाइनलमा सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य गरेर ४ सहभागी छन् ।

हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोमा स्टारको सहभागिता भएकोले पनि दर्शकमाझ यसको अलग्गै पहिचान छ । गौरी मल्ल, दीलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायक रहेको शोबाट आफुले धेरै सिक्न पाएको ज्योतीले बताएकी छन् । उनले शोमा नआएको भए धेरै कुरा मिस गर्ने प्रतिक्रिया दिएकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *