विश्व/प्रवास

कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबान लडाकू मारिए

afghanistan bomb attack

२१ मंसिर, काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।

तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *