समाचार

पार्टी विभाजन रोक्न दवाव दिन नेकपा कार्यकर्ता अनसनमा

ansan

२१ मंसिर, कैलाली । नेकपा विभाजन हुन खोजेको र त्यसलाई रोक्नका लागि नेतृत्वलाई दवाव दिन एक कार्यकर्ता नेकपा सुदूरपश्चिम प्रदेश पार्र्टी कार्यालय धनगढीमा अनसनमा बसेका छन् । डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहोराले पाँचबुँदे माग राख्दै आजबाट रिले अनसन सुरु गरेका हुन् ।

उनले नेताहरुले पार्टी विभाजन रोक्नुपर्ने,  व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्ने , पार्टीका अध्यक्षद्वयले प्रस्ताव फिर्ता लिएर छलफल अघि बढाउनुपर्ने,  पार्टी एकताका काम सम्पन्न गर्दै महाधिवेशनसम्म पुर्याउनुपर्ने लगायतका माग राखेका छन् । अनसनरत केसी पत्रकार महासंघ डडेलधुराका सहसचिव  र प्रेस संगठन नेपाल सूदुरपश्चिम कमिटी सदस्य पनि हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस