
२१ मंसिर, काठमाडौं । कोरोना संक्रमणको कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।
आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस