२१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ४९५ जनाको नमुना परीक्षण गर्दा १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योससहित देशभर हालसम्म दुई लाख ४० हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै, यो अवधिमा १७५२ जना निको भइ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या दुई लाख २५ हजार ८०५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस