
२१ मंसिर, काठमाडौं । लोकप्रिय बंगाली अभिनेता मनु मुखर्जीको ९० वर्षको उमेरमा कार्डियक अरेस्टका कारण निधन भएको छ । आइतबार दक्षिण कोलकातास्थित आफ्नो निवासमा उनको निधन भएको हो ।
उनको परिवारले यस घटनाको जानकारी दिएको हो । पारिवारिक स्रोतकाअनुसार पछिल्ला केही हप्तादेखि उनी बिरामी थिए, १५ नोभेम्बरमा बंगाली अभिनेता सौमित्र चटर्जीको निधन भएपछि उनी निकै शोकमा थिए ।
बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मनुुको निधनमा शोक व्यक्त गरेकी छिन् । ‘फिल्म अभिनेता मनुु मुुखर्जीको निधनले गहिरो आघात पुुगेको छ । हामीले उनलाई टेली–सम्मान पुरस्कार २०१५ मा लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित गरेका थियौं । उनको परिवार, साथीभाई र प्रशंसकप्रति मेरो समवेदना छ ।’
मनुु मुखर्जीको जन्म १ मार्च १९३० मा भएको थियो । मृत्युुअघिसम्म पनि उनी नाटक, टेलिभिजन र सिनेमामा सक्रिय थिए । मनुुले सत्यजीत रे र मृणाल सेनजस्ता प्रख्यात फिल्म मेकर्सहरुसँग काम गरिसकेका छन् । सत्यजीत रे निर्देशित जय बाबा फेलुनाथ तथा गणशत्रु फिल्ममा गरेको अभिनयका कारण उनी चर्चित छन् ।