समाचार

१२ कक्षा दिएका बिद्यार्थीलाई नि:शुल्क आइटि ब्रिज कोर्सस, उत्कृष्टलाई बिआइटी पढ्न छात्रवृत्ति पनि

digi school

२१ मंसिर, काठमाडौं । डिजी स्कुलले नि:शुल्क आइटि ब्रिज कोर्स सुरु गरेको छ । ११ र १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि यो कोर्स सञ्चालन गरिएको डिजी स्कुलका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए।निशुल्क ब्रिज कोर्स लिनका लागि विद्यार्थीहरुले डिजी स्कुलमा सम्पर्क गरी सहभागी हुन सक्नेछन् ।

विद्यार्थीले अनलाइन मार्फत कक्षा लिन सक्नेछन् । दुई महिना अवधिमा सकिने ब्रिज कोर्समा राम्रो पढ्ने १० जनाले विद्यार्थीले डिजी स्कुलको पार्टनर कलेज ९सफ्ट्वेरिका कलेज र सनवे कलेजमा ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ । त्यस्तै बाँकी विद्यार्थीले २० देखि ३० प्रतिशतसम्म स्कलरसिप पाउनेछन् ।

डिजी स्कुलले आफ्नो वेबसाईट (www.digischoolglobal.com)मा आइटि ब्रिज कोर्सका भिडियोहरु बनाई राखेको छ । विद्यार्थीले लगइन गरी भिडियो अध्ययन गरी इमेल मार्फत चौबिसै घण्टा आफुले नबुझेका प्रश्नहरु गर्न पाउनेछन् भने सातामा एक दिन लाइभ कक्षाको व्यवस्था गरिएको छ । आइटि कोर्स अन्तर्गत पाइथन, जाभा, एचटिएमएल, सिएसएस पढ्न पाउनेछन् ।

के हो डिजी स्कुल ?

बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा “डिजी स्कुल“ नाम दिइएको छ । यसलाई सफ्ट्वेरिका कलेज र सन वे कलेजको रणनीतिक साझेदारीमा यो कोर्स नेपालमा भित्र्याएको हो ।

एस इ इ सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा “डिजी स्कुल“ पढ्ने बिद्यार्थीले स्कुले समयमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयर र मर्मत लगएत बिषय सिक्ने छ्न साथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने छन् ।

“डिजी स्कुल“ सन्चालन गर्न चाहने कुनै पनि स्कुलले डिजी स्कुलसँग सम्पर्क गरि अध्यापन सुरु गर्न सक्छन् भने विद्यार्थीले घरैबाट (www.digischoolglobal.com)मा लग इन गरि आफैले पनि पढ्न सक्छन् । नेपालका स्कुले बिद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो ।आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरि एजुकेसन)ले समेत “डिजी प्रोग्राम“ लाई मान्यता दिएको छ ।

सामयिक परिवर्तन सगै बिश्व ’डिजिटल वर्ड’ मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राबिधिक क्रान्तिको जरुरी भएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए । “२/३ दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो“ श्रेष्ठ थप्छन् “अब भने स्कुल देखि नै प्राबिधिक शिक्षाको लहर आउनु जरुरी छ । यहि कुराले हामीलाई “डिजी स्कुल“ सुरु गर्न हौस्यायो ।“

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस