मनोरञ्जन ताजा समाचार

दोस्रो बिवाह गर्दै हास्य कलाकार मनोज गजुरेल

manoj gajurel

२२ मंसिर, काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने निर्णय गरेका छन् । पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका उनले २ वर्षपछि नयाँ घरजम गर्ने निर्णयमा पुगेका हुन् ।

गजुरेलले आफूले बिहे गर्न लागेको बताउँदै केही व्यक्तिगत कारणले महिलाको पृष्ठभूमिका बारेमा खुलाउन समय लाग्ने बताए । उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।

मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।

गजुरेल हालै कोरोना संक्रमणमुक्त भएका छन् । अक्सिजन लेभल कम भएपछि उनले केही दिन अस्पतालको आइसीयूमा बस्नुपरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस