समाचार

बानेश्वरमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

bike accident

२२ मंसिर, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार  आइतबार बा. ६१ प ८४१० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आलोकनगर निवासी ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको हो । राति पौने १० बजेतिर सडक पार गर्दैगर्दा उनलाई मोटरसाइकलले ठक्कर दिएकाे हाे ।

गम्भीर घाइते भएका धिताललाई सिभिल अस्पताल लगिएकामा उपचारका क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस