२२ मंसिर, काठमाडौं । एनआइसी एशिया बैंक कोटेश्वर मुनीभैरव शाखाको एटीएम मेसिन फुटाएर रकम झिक्ने क्रममा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती ११ बजे सिन्धुपाल्चोक बाह्रबिसेका १९ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको हो ।
एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए ।
इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस