२२ मंसिर, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ललितपुर स्थित एकान्तकुनामा रहेको यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
अब ललितपुरको एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउण्टर मार्फत सजिलै संग भुक्तनी गर्न सक्नेछन ।
करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टरसहित) मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
प्रतिक्रिया दिनुहोस