अटो

बीएमडब्लुको आधिकारीक बिक्री सुरु, साथमा ‘प्रिमियम कस्टमर सर्भिस’

bmw nepal

२२ मंसिर, काठमाडौं । नेपालको लागि बीएमडब्लु मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बीएमडब्लु ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ ।

जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्लु एशिया र बीएमडब्लु बंगलादेशसँग सहकार्य गरेको छ । बीएमडब्लु ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा बीएमडब्लु ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बीएमडब्लु ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बीएमडब्लु उत्साहित भएको छ । नेपाली बजार बीएमडब्लुको लागि निकट भविष्यमा उदाउँदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्लु ब्राण्डको उपस्थिति बलियो हुनेछ । र, बीएमडब्लुका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।

bmw nepalलक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठ भन्छन्, ‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ ।’

श्रेष्ठले ग्राहकले शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउञ्ज र आकर्षक ‘ईसेटा बार’को अनुभव गर्न पाउने पनि जनाए ।

bmw nepal ग्राहकलाई अहिलेको विषम परिस्थितिमा ‘कनट्याक्ट लेस’ टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नेछन् । साथै टेष्ट ड्राइभमा छनोट गरेको वा खरिद गरेको कार पूर्णत सेनिटाइज गरिएको हुने पनि कम्पनीले जनाएको छ ।

bmw nepalबिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्‍याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस