२२ मंसिर, काठमाडौं । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक रमेश प्रसाईले विहे गरेका छन् । रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगन गाँठो कसेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिहेमा परिणत गरेका हुन् ।
उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो । बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस