
२२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले राजालाई बचाउन जनता नै जाग्नु पर्ने बेला आएको पनि बताए । ‘अब जनता आउ देश बचाऊँ भनौं,’ उनले भने ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनको माग गर्दै देशका विभिन्न ठाउँमा भइरहेका प्रदर्शनप्रति एक्येबद्धता जनाए । थापाले देशभर ठूलो संख्याको उपस्थितिमा भइरहेका प्रदर्शनलाई आफूले उत्सुकतापूर्वक हेरिरहेको पनि बताए ।
थापालेले सबै मिलेर राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई अब निर्णायक बनाउनु पर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस