बैँक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम चुनिखेलमा

nibl bank counter

२२ मंसिर, काठमाडौं । नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा १२६ औं एटीएम विस्तार गरेको छ ।

करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छेनारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुुन् ।

नेपाल इन्भेस्टमन्ट बैंक लिमिटेडले हाल ८३ वटा शाखा, १२६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस