समाचार

अर्घाखाँचीमा एक युवक मृत फेला

bead body tag

२२ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा हराएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहानदेखि हराएका पाणिनि गाउँपालिका वाड नम्वर ७ का अनिल आचार्यलाई प्रहरीले सोमवार दिउँसो जिल्लाकै सितगंगा नगरपालिका वाड नम्वर २ सुपाखोलामा फेला पारेको हो ।

आइतबारदेखि हराएको खबर आफन्तले दिएपछि प्रहरी परिचालन गरि खोजी गर्दा आचार्यलाई खोलामा मृत अवस्था भेटाइएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिए । भिरमा बसेको बेला झुक्किएर लड्दा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनााबार थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस