सूचना प्रविधि

सुबिसुले प्रयोगमा ल्यायो ५ जी डुअल ब्यान्ड राउटर

subisu 5g

२२ मंसिर, काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले फाइभजी डुअल ब्याण्ड राउटर सहितको सेवा प्रस्तुत गरेको छ ।

यस अघि २.४ जी सेवा दिँदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको हो । इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले फाइभजी डुअल ब्याण्ड राउटर सहितको सेवा सुरु गरेको हो ।

फाइभजीको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउनेछ । ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस