समाचार

भारतमा आइतबार एकै दिनमा ३२ हजार ९८१ कोरोना भाइरस संक्रमित थपिए

coronavirus in india

२२ मंसिर, काठमाडौं । भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ३ लाख ९६ हजार ७२९ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २९ औं दिन हो । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ३९१ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५७ पुगेको छ ।

भारतभरी सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ५२ हजार २६६ अझै पनि सक्रिय संक्रमित रहेका आइतबार जनाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ७७ लाख ८७ हजार नमूना परीक्षण गरेको जनाएको छ । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस