सूचना प्रविधि

लोक सेवाको वेबसाइट ह्याक गरी गलत सूचना सम्प्रेषण गर्ने ३ जना पक्राउ

loksewa-aayog

२२ मंसिर, काठमाडौं । लोकसेवा आयोगको साइड ह्याक गर्ने ३ जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।

लोकसेवा आयोगको वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई गलत सूचना सम्प्रेषण गरेको आरोपमा पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता (एसएसपी) नवीन्द अर्यालले बताए ।

पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय किशोर र घारीपाटन बस्ने १५ वर्षीय किशोर छन् । उमेर नपुगेको हुनाले प्रहरीले दुईजनाको नाम गोप्य राखेको छ ।

सो समूहलाई पक्राउ गर्न व्यूरोले विशेष अप्रेशन ‘ह्याकर हन्ट’ संचालन गरेको एसएसपी अर्यालले बताए । उनीहरुमाथि विद्युतीय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस