
२३ मंसिर, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्ड र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।
अहिले प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै, राती प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।