२३ मंसिर, काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको हो ।
सोमबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस