समाचार

रियालटी सो ‘कथाकुथुंग्री च्याम्पियन’को अडिसन सुरु

katha logo

२३ मंसिर, काठमाडौं । मौलिक कथामा जीवन्त अभिनय रहने रियालिटी शो ‘कथाकुथुङ्ग्री’ च्याम्पियनको अडिसन शुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को आयोजनामा हुने रियालिटी शो कथाकुथुङ्ग्री च्याम्पियन अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीहरु बीच प्रतिस्पर्धा गराइनेछ ।

देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नका लागि ‘कथाकुथुङ्ग्री च्याम्पियन’ कोशेढुंगा सावित हुने आयोजक राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष एवम् प्रमुख अतिथि दक्ष पौडेलले जानकारी दिए ।

पछिल्लो समय विश्वभर कोभिड –१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिहरुलाई स्टोरी टेलिङ (कथावाचन) मार्फत कला प्रस्तुत गर्न मञ्च प्रदान गर्ने उदेश्य कार्यक्रमको रहेको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा प्रथमले रु.२ लाख, द्वितीयले रु. १ लाख ५० हजार र तृतीयले रु. ५० पचास हजार नगद सहित अन्य आकर्षक पुरस्कार जित्न सक्नेछन् । शो निर्णायकमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आर.के. मेहता र सरिता साह रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस