विश्व/प्रवास

बाइडेनको मनोनयनः अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनको सम्भावना

lloyd austin

२३ मंसिर, वासिङ्टन । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गर्नुभएको अमेरिकी अखबारहरुले बताएका छन् ।

अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर रहेका थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत हुनेछन् ।

यद्यपी, औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडेनका सहयोगीहरुले बताएका छन् । बाइडेनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *