
२३ मंसिर, उदयपुर । उदयपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेल रहेका छन् ।
ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस