अटो

जगदम्बा मोटर्सले प्रोटोन नेपाल भित्र्याउँदै

Proton

२३ मंसिर, काठमाडौं । मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ । हाल यस कम्पनीका गाडीहरु संसारका बढी भन्दा मुलुकहरुमा उपलब्ध भैसकेका छन् र अन्य मुलुकहरुमा पनि विस्तारै उपलब्ध हुने क्रममा रहेका छन् ।

प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक विक्री भएको मोडल प्रोटोन सागा नेपालका सडकहरुमा ल्याउन लागिरहेको छ । उक्त गाडि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले नेपाल भित्र्याउन लागेको हो ।

प्रोटोन मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा ज्यादा मुलुकमा पुगिसकेको छ र अझ बढ्दो क्रममा रहेको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर र ९ वटै डिजाइन सेन्टर रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ ।

१२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क,  शहरी क्षेत्र र एउटा विश्वविद्यालयको समेत रहेको छ । प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा पछिल्लो अन्तराष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस